इक्यान झापाद्वारा युएसए अध्ययनका लागि प्रशिक्षण

0
17

बिर्तामोड ।

संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जानेको विद्यार्थीलाई लक्षित गर्दै नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालबाट पनि अमेरिका शिक्षा लिन चाहने विद्यार्थीहरू उलेख्य रहेका छन् । अमेरिकामा नेपालबाट उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक योग्यता, विश्वविद्यालयको छनौट, अध्ययन खर्च, अध्ययन प्रणाली, विषय बस्तु लगायतका विषयमा जानकारी दिने उद्धेश्यले झापाका विभिन्न कन्सल्टेन्सीमा कार्यरत शिक्षक तथा सञ्चालकहरुलाई तालिम प्रदान गरिएको इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पहिलो गन्तव्य रहेको अमेरिकामा नेपााली विद्यार्थीको आकर्षण रहेको जनाइएको छ । पछिल्लो समय दुई सय भन्दा बढी मुलुकबाट अमेरिकालाई शैक्षिक गन्तव्य बनाउने विद्यार्थीहरू धेरै देखिएका छन् ।

इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षातामा भएको कार्यक्रममा इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आातिथ्य रहेको थियो । कार्यक्रममा इक्यानका केन्द्रिय सदस्य एवम् अमेरिका विभाग प्रमुख उमा खड्का, पूर्व केन्द्रिय सदस्य पुष्पराज भट्टराई ,इक्यान अमेरिका विभाग सदस्य एवम् सहजकर्ता उषा श्रेष्ठ र रञ्जना पोख्रेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी भट्टराईले शैक्षिक परामर्श दाताहरुलाई यस्ता तालिमले सहजता मिल्ने भन्दै झापाले लगातार विभिन्न देशहरुको शैक्षिक अवस्था लगायतका विषयमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको भन्दै खुशी ब्यक्त गरे ।

कार्यक्रममा इक्यान अमेरिका विभाग सदस्य एवम् सहजकर्ता उषा श्रेष्ठ र रञ्जना पोख्रेलले सहजिकरण गर्दै अमेरिकाको अहिलेको शैक्षिक अवस्था, नेपाली विद्यार्थीले अपनाउनुपर्ने प्रक्रिया लगाायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा झापाका अधिकांश कन्सल्टेन्सीहरुले सहभागिता जनाएका थिए ।

इक्यान झापाका सचिव अशोक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत इक्यान झापाका कार्यसमिति सदस्य तुलसी पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here