एमाले दमकको अध्यक्ष राम पौडेल

0
6

दमक,

नेकपा एमाले दमक नगर कमिटीको दोश्रो अधिवेशनबाट राम पौडेलको अध्यक्षतामा पार्टीको नयाँ नगर कमिटी निर्वाचित भएको छ । जेठ १० र ११ गते दमक ४ स्थित दाहाल प्रतिष्ठान परिसरमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ नगर कमिटी निर्वाचित गरेको हो ।

नगर कमिटी अध्यक्षमा निर्वाचित पौडेलले खसेको कूल ३५८ मत मध्ये १६४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका बताइएको छ । अध्यक्षका लागि भगवान बस्नेत, युवराज घिमिरे र सन्तोष दुलाल समेत प्रतिस्पर्धीका रुपमा उत्रिएका थिए ।

नगर कमिटीको उपाध्यक्षमा उर्मिला ओली १८८ मत ल्याएर निर्वाचित भएकी छिन भने सचिवमा गिरेन्द्र चम्लागाइँ १८१ मतसहित निर्वाचित भएका छन् । त्यस्तै उपसचिव खुल्ला तर्फ झसराज ढकाल र महिला तर्फ सीता कार्की निर्वाचित भएका बताइएको छ । एमाले दमक नगर कमिटीको यो अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

नगर कमिटी अध्यक्षमा आंकाक्षीहरुको संख्या धेरै भएपछि तत्काल जुनसुकै विधिबाट पनि नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिन अध्यक्ष ओलीले निर्देशन गरेका थिए । पार्टीको जिल्ला अधिवेशनमा केही पदमा सहमति कायम हुन ढिलाई हुँदा र मतदानको प्रकृयामा समेत नजाँदा एमाले झापा वृत्तमा यसबारे नकारात्मक टिप्पणीहरु बाहिर आएकाले त्यसलाई मध्यनजर गर्दै अध्यक्ष ओलीको गृह नगर दमकमा भने तत्काल नेतृत्व चयनको प्रकृया अघि बढाइएको थियो ।

एमालेको शिवसताक्षी नगर कमिटी अध्यक्षमा मेदनी दंगाल र गौरादह नगर अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित भएका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here