प्रधानाध्यापक संघ नेपालको आज झापा जिल्ला भेला सम्पन्न

0
7

कमल ।

प्राध्यापक संघ नेपालको प्रथम झापा जिल्ला भेला आज सम्पन्न भएको छ ।

झापा जिल्लामा भएका सामुदायिक विद्यालयका प्रधानाध्यापक हरूको सङ्घ प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को जिल्ला स्तरीय भेला सम्पन्न भएको हो ।

“शिक्षित जागरुक र पहुँचयोग्य प्रधानाध्यापकको नेतृत्व” भन्ने नाराका साथ कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा भेला सम्पन्न भएको थियो ।

भेलामा पानका प्रदेश महासचिव छवि धमलाले अन्तराष्ट्रिय स्तरमा सञ्चालनमा रहेको पान को बारेमा जानकारी गराउँदै आगामी दिनमा पानले विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने समेत धमलाले जानकारी गराए ।

त्यसैगरी कोशी प्रदेश सभासद् होमबहादुर थापा शिक्षा विकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार बिक पानका मोरङ जिल्ला संयोजक छत्रपति दाहाल शिक्षक महासङ्घ कमलका अध्यक्ष मोहन कुमार बगाले र शिवशतासीका बेनु कार्की लगायतले कार्यक्रम सफताको शुभकामना मन्तव्य राखेका थिए ।

पानका कमल गाउँपालिका संयोजक रुकमान सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शहिद धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले गरेका थिए ।

पान जिल्ला समिति झापाको अध्यक्षमा : रुकमान सुब्बा

पान जिल्ला समिति झापाको अध्यक्षमा रुकमान सुब्बा चयन भएका छन् ।

झापा जिल्ला स्तररीय प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को आज सम्मपन्न जिल्ला स्तरीय भेला बाट पान नेपाल जिल्ला समिति झापाको अध्यक्षमा रुकमान सुब्बा चयन हुनुभएको हो । भेला बाट सुब्बाको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्ष टंक पाख्रिन, सचिव खिलराज कोईराला,सहायक सचिव मधुसुदन अधिकारी ,कोषाध्यक्ष वालकृष्ण प्रसाई चयन भएका हुन् ।

त्यस्तै समितिको सदस्य सिताराम ढकाल , लोक बहादुर लावती,देबीमाया अधिकारी, शुक्रराज घिमिरे, दिपक लुईटेल, लिला गौतम ,कुमार दाहाल, पदम प्रसाद अधिकारी राजु बुढाथोकी,धर्म सुन्दर भट्राई, जय प्रकाश भण्डारी र कर्ण वहादुर डाँगी चयन हुनु भएको नव निर्वाचित सहायक सचिव मधुसुदन अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here