नेपाल राष्ट्रिय शिक्षक संगठन माईको अध्यक्षमा राई निर्वाचित

0
22

विमल दहाल,माई ।

नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर कमिटीको तेस्रो माई नगर अधिवेशनवाट भिम वहादुर राई निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी पार्वता फूयाँललाई २५ मतान्तरले पछि पार्दै राई निर्वाचित हुनुभएको हो । खसेको कुल मत २६९ मा राईले १४७ र फूयाँलले १२२ मत प्राप्त गर्नु भएको थियो ।

सुखानी सामुदायिक अध्ययन केन्द्र माई-४ शुक्रवारेमा शनिवार मध्यरातमा सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा पृथ्वी तिम्सीना १६४ मतका साथ विजयी हुनु भएको छ । वहाँका प्रतिस्पर्धी घनश्याम निरौलाले १०५ मत ल्याउनु भएको थियो । त्यस्तै सचिवमा सुन्दरमणि विसी १३६ मतका साथ विजयी हुदाँ वहाका निकटतम प्रतिस्पर्धी भरत भण्डारीले १३२ मत प्राप्त गर्नु भएको थियो । २५ सदस्यीय समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव वाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन मण्डलका वाई.वी.योङहाङले जानकारी दिनुभयो ।

सर्वसम्मत निर्वाचित कमिटीको सहसचिवमा मिना देवि धिताल, कोषाध्यक्षमा मिना चेम्जोङ लिम्वु र सह कोषाध्यक्षमा देउकुमार कार्की चयन हुनुभएको छ । त्यस्तै खुला सदस्यमा सागर लिम्बु, मुकेश कुमार शाह, विनोद लामा, अञ्जना थापा, रेश्मा नेम्बाङ, खगेन्द्र वुढाथोकी, देवराज वुढाथोकी, जीत वहादुर विश्वकर्मा र पुष्प खनाल चयन हुनु भएको छ ।

त्यस्तै महिला सदस्यमा गिता देवि लिम्वु, मनमाया लिम्बु, लक्ष्मी श्रेष्ठ, देविमाया बुढाथोकी र नम्रता तामाङ समावेशी सदस्यमा विरु पापो, निरज मगर, विकास राई, कल्पना राई र अमृता राई चयन हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । तेस्रो अधिवेशनले जिल्ला अधिवेशनका लागि १४ जनालाई प्रतिनिधिमा छनौट गरेको छ ।

जिल्ला अधिवेशन प्रतिनिधिमा ख्याम वहादुर भण्डारी, प्रेम वहादुर बिश्बकर्मा, टेकनाथ न्यौपाने, मन वहादुर मगर, तोयानाथ घिमिरे, होम गुरुङ, भवानी प्रसाद चौम्लागाई, होमनाथ प्रधान, खेमराज ढकाल, मदन प्रसाद धिताल, कल्पना चापागाँई, रञ्जु कुमारी यादव, रमा खड्का र जस कुमारी ईदिङ्गो लिम्बुलाई छनौट गरेको छ ।

अधिवेशन संगठनका केद्रीय सदस्य प्रकाश खनालले उद्घाटन गर्नुभएको थियो । अधिवेशनका क्रममा संगठनमा रहेर लामो समय शिक्षण सेवामा काम गर्नु भएका निवृत्त शिक्षक विष्णु प्रसाद आचार्य र वीरदेव सिंहलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षक सेवा आयोग प्राथामिक तह तृतिय तहमा सफल भई माई नगरपालिकाका विधालयमा कार्यरत शिक्षकहरु पावल सुनुवार, कामना सुवेदी, डम्वर कुमारी ढकाल, चादनी मेहेता, नवराज सिजापति, रमा खड्का, रामराज भण्डारी लगायत १२ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथ नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रकाश खनाल, बिशिष्ठ अतिथी माई नगरपालिका मेयर खम्बा सिं लिम्बु, नेकपा एमाले जिल्ला उपसचिव विष्णुमाया आचार्य, माई नगरपालिका पुर्व मेयर दिपक कुमार थेवे, बुद्दिजीवी परिषद इलाम अध्यक्ष वाई.वी. योङहाङ्ग, सम्मानित ब्यक्तित्व विष्णु प्रसाद आचार्य लगायतले शुभकामना मन्त्व्य राख्नु भएको थियो ।

उद्घाटन सत्र संगठनका अध्यक्ष पार्वता फुयल र सन्चालन सचिव घनश्याम निरौलाको सन्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here