आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन

0
13

पथरी शनिश्चरे,

‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ ।

आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो ।

सिन भिलेज पार्टी प्यालेसमा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो ।

वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुमन कुरुङबाङले जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर कमिटी अध्यक्ष देवेन्द्र वनेम, वडा सदस्य मिना तामाङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, समाजसेवी गणेश थक्लुङ, हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालाको सहजीकरण काजीमान तामाङले गरिरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here