प्रहरीलाई विद्युतिय टेम्पो

0
6

विराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका सञ्चालक प्रदिपकुमार सन्थालियाले चार थान विद्युतिय टेम्पो प्रदान गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले चार थान विद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई एक थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियालाई एक–एक थान हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरीलाई विद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त विद्युतिय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न नियमितरुपमा प्रयोग गरीने बताए ।

कार्यक्रममा सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर विद्युतिय टेम्पो आफुले प्रदान गरेको बताए । कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here