वकतृत्वकला प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालय प्रथम

0
8

अर्जुनधारा ।

१७ औं गणतन्त्र दिवसलाई लक्षित गरि अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनामा सोमबार सामुदायिक माध्यमिक विद्यालयस्तरिय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरमा रहेका जम्मा नौमध्ये सातवटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयकी मीरा रिजाल प्रथम, अर्जुनधारा–३स्थित जनता माध्यमिक विद्यालयकी सृष्टी अधिकारी द्वितीय र अर्जुनधारा–९स्थित कालिस्थान माध्यमिक विद्यालयकी प्रकृती राई तृतीय भएका छन् ।

“युवा उद्यमी स्वदेशमा लगानी” शिर्षकमा प्रस्तुती दिएका प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कार क्रमश १० हजार, पाँच हजार र दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरिएको जेसीजका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

अर्जुनधारा–१सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमलाई अर्जुनधारा–१ नं. वडा कार्यालयबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । त्यसैगरी प्रतियोगिताको द्वितीय नगद पुरस्कार बुबा ताराकुमार रानाको स्मृतिमा छोरा अर्जुनधारा नगरपालिकाका कर्मचारी रोशन राना र तृतीय नगद पुरस्कार बिर्तामोडस्थित सूर्योदय इञ्जिनियरीङ कन्सल्टेन्सीले प्रायोजन गरेका थिए ।

जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, साहित्यकार पूण्य खरेललगायतले मन्तव्य राखेका थिए । जेसीजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सागर घिमिरेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here