अर्जेन्टिनामा पहिलो पाँच महिनामा चार लाखभन्दा बढी डेङ्गुका मामिला देखियो

0
3
ब्युनस आयर्स,
अर्जेन्टिनामा यस वर्षको पहिलो पाँच महिनामा चार लाख ८८ हजारमा डेङ्गु देखिएको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । यो गत वर्षको तुलनामा तीन दशमलव ३५ गुणा धेरै हो ।
मन्त्रालयको राष्ट्रिय इपिडिमियोलोजिकल बुलेटिनअनुसार वर्षको पहिलो २० हप्तामा चार लाख ८८ हजार ३५ जना डेङ्गुका बिरामी दर्ता भएका छन् । डेङ्गुका सबैभन्दा धेरै केस मध्य क्षेत्रमा रिपोर्ट गरिएको र त्यसपछि उत्तरपश्चिम र उत्तरपूर्वी क्षेत्रहरू पाइएको थियो ।
  देशका २४ मध्ये १९ जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएको र यस सिजनमा तीन सय ४३ जनाको मृत्यु भएको छ । धेरै सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने धेरैजसो लक्षणहरू देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here