पिकअप गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

0
9

झापा ।

झापामा पिकअप गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति साढे ८ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी-९ स्थित मिलन चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३-०१-०२७च ११२१ नम्बरको पिकअप गाडीले पैदल यात्री राईलाई ठक्कर दिएको थियो ।

टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले उद्धार गरी बीएण्डसी हस्पिटल बिर्तामोड पुर्‍याएका थिए । उनको सोही हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी तथा चालक शिवसताक्षी-९ बस्ने अङ्कित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here