मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

0
8

उदयपुर,

उदयपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल मझुवागढी नगरपालिका-१७ का २६ वर्षीय अर्जुन प्रधान रहेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका १२ सोनापुरबाट गत बिहीबार एक घरमा पार्किङ गरी राखेको प्रदेश १-०५-००१ प २४६० नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाइकल त्रियुगा ११ इनार चोकस्थित वर्कसपमा मर्मत गर्ने क्रममा फेला पारेको थियो ।

मोटरसाइकलसहित पक्राउ परेका प्रधानमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here