एमाले कनकाईको अधिवेशन

0
6

सुरुङ्गा।

नेकपा एमाले कनकाईको नगर अधिवेशनमा ७९२ प्रतिनिधि चयन भएका छन् । अधिवेशनका लागि आयोजक कमिटीका ८३ जना, पार्टी वार्ड अध्यक्षहरू ९ जना, सल्लाहकार १२, जनसङ्गठनबाट २५ जना प्रतिनिधि चयन भएका छन् ।

भूगोलतर्फ वार्ड नं. १ बाट १०० जना, वार्ड नं. २ बाट ६८ जना, वार्ड नं. ३ बाट १२७ जना, वार्ड नं. ४ बाट १४६ जना, वार्ड नं. ५ बाट ७१ जना, वार्ड नं. ६ बाट २५ जना, वार्ड नं. ७ बाट ५५ जना, वार्ड नं. ८ बाट ४३ जना र वार्ड नं. ९ बाट २८ जना प्रतिनिधि गरि जम्मा ६६३ जना प्रतिनिधि सर्वसम्मत छानिएको एमाले नगर अधिवेशन आयोजक समितिका संयोजक गोकर्णप्रसाद ओझाले जानकारी दिए ।

संयोजक ओझाले दिएको जानकारी अनुसार अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव , २ उपसचिवसहित ५१ सदस्यीय नगर समिति निर्वाचित गर्नेछ । ५ पदाधिकारीमध्ये कुनै १ पदमा महिला अनिवार्य हुने विधानको व्यवस्था रहेको छ । अधिवेशनमा संयोजक ओझाद्वारा राजनीतिक तथा सांगठनिक प्रतिवेदन र सचिवालय सदस्य देवी उप्रेतीद्वारा आर्थिक प्रतिवेदन पेश गरिने एमाले जिल्ला कमिटी सदस्य विनोद रानामगरले जानकारी दिए ।

अधिवेशनको खुला सत्रमा साविक घैलाडुब्बा र सुरुङ्गामा पञ्चायतकालमा विजय भएका ९ जना जनपक्षीय जनप्रतिनिधिलाई सम्मान गरिनेछ । स्थानीय कनकाई उद्योग वाणिज्य संघको सभाहलमा जेठ १५ र १६ गते हुने दोस्रो नगर अधिवेशनमा एमाले केन्द्रीय सदस्य एवम् भोजपुर जिल्ला इञ्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य दीपक कार्कीको विशेष आतिथ्य रहने जिल्ला कमिटी सदस्य डी. बी. गजमेरले बताए ।

अधिवेशनबाट नेतृत्व चयन गर्न सहजीकरणका लागि अधिवक्ता तारादेवी बाराकोटी संयोजक, जिल्ला कमिटी सदस्यहरू रोशन सुवेदी र दीपक चापागाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको संयोजक गोकर्ण ओझाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here