बिर्तामोडकी विष्णुमाया विष्टको हत्यामा संलग्न दुई जना पक्राउ, भोली पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने तयारी

0
16

झापा। 

करिब तीन साता पछि झापाको बिर्तामोडमा एक महिलाको हत्यामा संलग्न पक्राउ परेका छन् ।

बिर्तामोड–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ परेको हो । बिष्टको हत्या भएको २१ दिनपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोडका गंगा राजवंशी र अर्का एकजनालाई पक्राउ गरेको जनाइएको छ । एक जनको नाम गोप्य राखेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गत बैशाख २६ गते मध्यरातमा आफ्नै घरभित्रै विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएका थिए ।

कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । । घटना भएपछि सिआइबीको टोली, प्रदेश प्रहरीको टोली, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको गरी चार वटा टोलीले अनुसन्धान गरिरहेका थिए ।

घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट कुकुरसमेत ल्याएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिएपनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।

हत्या आरोपी पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरुलाई भोली अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेर पत्रकार सम्मेलन गर्दै सार्वजानिक गर्ने तयारी प्रहरीले गरेको छ ।

पछिल्लो समय झापामा अपराधका घटनामा वृद्धि भएको भन्दै गुनासो बढ्न थालेको छ । दमकमा दिनदहाडै एक किशोरी माथि गोली प्रहार गर्ने ब्यक्ति हाल सम्म पक्राउ पर्न सकेका छैनन् ।

उनको प्रहरीले पहिचान गरेको तर हाल भागेर भारत पुगेकाले उनलाई ल्याउन समस्या भएको स्रोताको भनाई छ । घटनामा संलग्नको पहिचान भएकाले एक न एक दिन पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here