घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

0
9

घोडाघोडी (कैलाली),

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् ।

यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here