चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’ राष्ट्रिय एकता अभियानले गर्‍यो भत्सर्ना

0
8

नेपालगन्ज,

राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’प्रति भत्सर्ना गरेको छ । एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेको हो ।

राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय संयोजक विनय यादव विज्ञप्ति जारी गर्दै भने, ‘राजदूतको कार्य गलत र कूटनीतिक मान्यता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विश्वास गर्दछ । एक विदेशी कूटनीतिज्ञले सम्मानित पत्रकारलाई धम्की दिने प्रयास गर्नु चिन्ताजनक हो ।’

चिनियाँ दूतावासलाई यो समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न र फेरि यस्तो नदोहोरिने सुनिश्चित गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ । पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा धम्कीयुक्त भाषामा ‘रिप्लाई’ गरेका थिए ।

पत्रकार बुढाथोकीले केही दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए । त्यही पोस्टमा मंगलबार राति रिप्लाई गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका हुन् । उनले त्यसमा प्रतिउत्तर फर्काउँदै लेखेका थिए, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

पत्रकारमाथि दिइएको धम्कीपूर्ण जवाफको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here