बिर्तामोड ।

५१औं विश्व वातावरण दिवसको अवसरमा वीरता जेसीजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वीरता जेसीजले बिर्तामोड–३ स्थित पर्यटकनगरी विराट पोखरमा विभिन्न प्रजातिका बिरुवाहरु, फलफूलका, जडिबुटीका बिरुवा तथा फूलका बिरुवाहरु रोपिएको हो ।
जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जेसीज अध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, साना शहरी बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बाँस्तोला, विराट पोखर संरक्षण समितिका अध्यक्ष इन्द्र प्रसाईं, युवा समाजसेवी मनोज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए ।






























