इलाममा डुबेर एक किशोरीको मृत्यु

0
6

इलाम ।

इलामको चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ ।

स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बूको छोरी १८ कि रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ कि रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् ।

उनलाई हातमा समातेर निकाल्ने क्रममा विनीता एक्कासि हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here