तीनदिने उद्घोषण तथा नेतृत्व विकास तालिम माईमा सम्पन्न

0
23

दानावारी ।

इलाम एफ।एम ९३ मेगाहर्ज इलाम नगरपालिका–७ ताराकुटी इलामको आयोजना र माई नगरपालिका इलामको समन्वय सहयोगमा तीन दिने उदघोषण तथा नेतृत्व विकास तालिम माई नगरपालिकाको सभा हलमा शुक्रबार सम्पन्न भएको छ ।

इलाम एफएम ९३ मेगाहर्ज संचालक समितिका अध्यक्ष जस बहादुर राइ को अध्यक्षता र माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम एफ एम ९३ मेगाहर्जका बजार प्रमुख तथा सहजकर्ता खेमराज ढकाल पत्रकार तथा सहजकर्ता बिमल कुमार दाहाल स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलको आथित्यतामा सम्पन्न भएको थियो ।

स्यमसेविका, स्वास्थ्यकर्मी लगायत ३० जनाको सहभागिता रहेको तालिम समापन कार्यक्रम सहभागी स्वयंसेविका चन्द्रकला श्रेष्ठले कार्यक्रमको संचालन गर्नु भएको थियो। तालिम समापन कार्यक्रमलाई प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले तालिममा सिकेका कुरा दैनिक दर्शनका रुपमा लिईअगाडी वढ्न शग्रह गर्नुभएको छ ।

उहाँले सिकाईलाई अटोमेसनका रुपमस लिदैधर्यता,सर्तकता र शैलीलाई ५ इन्द्रियलाई सकृय बनाई अभ्यास गर्न आग्रह गर्नुभयो । समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टरल, सहजकर्ता खेमराज ढकाल, सहभागिहरु प्रतिस्ठा ओझा, देबि धमला, सुशीला आचार्य, प्रेम कुमारी दुलाल लगायतले मन्त्वय राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here