सौर्य एयरका अध्यक्ष पोख्रेल सम्मानित

0
41

बिर्तामोड ।

सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोख्रेल सम्मानित भएका छन् ।

नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयान विभागद्वारा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा पोख्रेल सम्मानित भएका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र उक्त विभागका प्रमुख भीम आर्चायले पोख्रेललाई सम्मान पत्र प्रदान गरेका थिए । पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योग्दान गरेको भन्दै पोख्रेललाई सम्मान प्रदान गरिएको हो ।

झापा भद्रपुर निवासी पोख्रेल ओम पाथीभरा हस्पिटलका अध्यक्ष समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here