देउनियामा शव दाहस्थल

0
7

हल्दिबारी।

झापाको हल्दिबारी गाउँपालिका–३ रङ्गेडाडास्थित देउनिया खोलामा शव दाहस्थल निर्माण कार्य धामधम भइरहेको छ ।

प्रदेशसभा सदस्य छविलाल चुडालको पहलमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमार्फत प्राप्त २४ लाख रुपैयाँ र देउनिया खोला मलामी घाट निर्माण समितिमार्फत उपभोक्ताबाट संकलित २ लाख ७४ हजार २४४ रुपैयाँको लागतमा शव दाहस्थलको निर्माण कार्य भइरहेको निर्माण समितिका सचिव अर्जुनप्रसाद गिरीले जानकारी दिए ।

शव दाहलस्थल निर्माण भएपछि हल्दिबारी–३, ४ र ५ का बासिन्दालाई दाहसंस्कारमा सहज हुने उनले बताए । हल्दिबारी–२ स्थित देउनिया खोलामा शव दाह स्थल अधुरो अवस्थामा रहेको थियो ।

हल्दिबारीमा व्यवस्थित शव दाहस्थल नहुँदा बर्खाको समयमा समस्या हुने गरेकाले आगामी असार २० गतेसम्ममा निर्माण कार्य सकेर हस्तान्तरण गरिने सचिव गिरिले बताए । प्रदेशसभा सदस्य चुडालले आर्यघाट निर्माणस्थलको अनुगमन समेत गरेका छन् । उनले निर्माण कार्य राम्रो भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here