उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

0
9

बनियानी ।

झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

कचनकवल गाउँपालिकाकी विद्यार्थी अस्मिता देवान कक्षा–१२को परीक्षामा जिल्ला उत्कृष्ट र खञ्जन राजवंशी वक्तृत्वकला प्रतियोगितामा झापा जिल्ला उत्कृष्ट भएको भन्दै उनीहरुलाई जनही २५÷२५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजवंशीले गाउँपालिकाभित्रको शिक्षालाई प्राथमिकता दिएको बताए । उनले उत्कृष्ट बिद्यार्थीलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here