एमाले कमल ३ को वडा कमिटी अध्यक्षमा दंगाल

0
5

कमल ।

नेकपा एमाले ३ नम्बर वडा कमिटीको तेश्रो अधिवेशनबाट अध्यक्षमा नरप्रसाद दंगाल निर्वाचित भएका छन् ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा सन्तनाथ वानिया,सचिव महेन्द्र अर्याल,उपसचिव दिपचन्द्र लिम्बु र पुर्णकुमारी देवान, निर्वाचित भएको अध्यक्ष मण्डालका सदस्य मनोज गुरुङ्गले जानकारी दिए ।

त्यसैगरी सदस्यमा यशोदा भण्डारी, हेम बहादुर भण्डारी,लोक बहादुर बानियाँ, बिजय खतिवडा,मिलन अधिकारी,हरिप्रसाद घिमिरे,शिवसंकर न्यौपाने,टिका राई, निर्मला बजगाई,मुकेश ठाकुर ,राम बहादुर गुरुङ्ग,चित्ररेखा गुरुङ्ग, प्रकाश निरौला, विष्णुमाया खतिवडा, मिना कुमारी खवास,देविमाया बानियाँ ,भुमिका नेपाल,दुर्गा बहादुर थापा,राज बहादुर लिम्बु,विष्णुचन्द्र बोहोरा,हरि प्रसाद गौतम,होमराज लावती,शंकर दंगाल, देवि प्रसाद चापागाई निर्वाचित भएको निर्वाचन समितीका संयोजक छत्र फागोले बताए ।

सोमवार सम्पन्न अधिवेशन बाट नव निर्वाचित वडा कमिटीलाई आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सफथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको थियो । जिल्ला कमिटी सदस्य तथा अध्यक्ष मण्डलका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित वडा कमिटीलाई एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले सपथ ग्रहण गराएकी थिईन् ।

कार्यक्रम केन्द्रिय कमिटी सदस्य काफ्ले सहित प्रदेश सललाकार कमिटी सदस्य बलराम गजुरेल, गाउँ कमिटी अध्यक्ष हरी ढकाल, सचिव विरेन्द्र अधिकारी, गाउँकमिटी सदस्य अग्नि प्रसाद कोईराला लगायतले नव निर्वाचित वडा कमिटीलाई कार्यकाल सफलताको शुभमाना सहित आगामी २०८४ सालको स्थानिय निकायको चुनावमा एमालेलाई बहुमत ल्याउनेगरी आजै बाट पार्टी काममा लाग्न निर्देशन समेत दिएका थिए ।

कार्यक्रम जिल्ला कमिटी सदस्य चक्र शहादुर गुरुङ्गले सञ्चालन गरेका थिए भने नवनिर्वाचित अध्यक्ष नरप्रसाद दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here