काफी छ

0
9

सम्झिने जतिलाई
इशारा काफी छ

माया गर्नेका लागि
गुलाबको फूल काफी छ ।

जिन्दगीको गोरेटोमा
अनेक संघर्ष गर्नेलाई
विश्वासघात नै काफी छ ।

दुःखी मानिसका लागि
यो मनको वेदना काफी छ
घायलका लागि
प्रेमको धोका नै काफी छ ।

सुख पाउनेका लागि
सानो खुशी नै काफी छ
इशारा सम्झिनेका लागि
एक नजर काफी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here