सम्भावना सृष्टिको उपज हुन् । सम्भावनालाई उत्पादन गर्ने महान शक्ति सृष्टी हुन् । सृष्टी नै समाज परिवर्तिनको पथप्रदर्शक पनि हुन् । समाजमा सम्भावनाले दुईवटा क्षेत्रबाट आफ्नो पहिचान दिन सफल भएकी छन् । पहिलो पहिचान मेघावी विद्यार्थी वा छात्राका रुपमा थियो भने दोस्रो सामाजिक अभियान्ताका रुपमा पहिचान बनेको थियो । प्रतिभा नै सम्भावनाकोे जीवनको आधारभूत जग थियो । त्यसपछिको तला थप्ने भनेको सामाजिक अभियन्ताको रुपमा उपस्थित हुनु थियोे । प्रतिभा कै कारणबाट विद्यालय र समाजको विश्वास जित्न उनी सफल भएकी थिइन् । उनले पढाइ र सामाजिक क्षेत्रलाई सँगसँगै अगाडि बढाइन् । सामाजिक क्षेत्रमा पनि उनका मख्य दुईवटा क्षेत्र थिए । पहलो समाजबाट उपेक्षित बन्न पुगेका जुनसुकै वर्ग, जात, सम्प्रादय वा समुदायका मानिसहरुको पक्षमा वकालत गर्नमा जोड दिन्थिन् । जब कि उनी आफू दलित थिइन् । तर, पनि दलितका मुद्दाभन्दा अरुका मुद्दालाई प्राथमिकता दिन्थिन ।
अर्को क्षेत्र भनेको महिलाका आवाज सुन्ने, सुनाउने र सशक्तिकरण गर्ने थियो । जसबाट महिला माथि हुने विभेदको अन्त्य गर्न सकियोस् । उनले रोजेका यी दुबै क्षेत्रले समाजका सम्पूर्ण वर्ग र तप्कालाई प्रभाव पारेको थियो । यी अभियानका उद्देश्यहरु पूरा गर्न उनले समूहमा कार्यगत रुपमा अघि बढने रणनीति अपनाएकी थिइन् । शुरु–शुरुका दिनमा आफू तल्लो वर्गको भएको कारणले कथित उपल्लो जाति र सामन्ती सोच भएका वर्गबाट केही झमेला व्यहोर्नु परेको थियो । स्वयम् आफ्नै समुदायभित्रका पुरुष वर्गबाट समेत अपहेलित हुँदै दोहोरोरुपमा उनले समस्या झेल्नु प¥यो । समूहगत कार्ययोजनाले बिस्तारै–बिस्तारै संस्थागत स्वरुप लिन थाल्यो । साथै आफ्नो विद्यालय क्यारियरले पनि उनलाई साथ दिएकाले समाजमा त्यस्ता वर्ग क्रमशः ओइलाउँदै गएँ । जसले उनको खिसिटिउरी गर्दथे । उनको व्यक्तित्व, सहासीपन, दृढइच्छा शक्ति र समयबद्धताका कारणले समाजका ठालुहरु भनाउँदा पनि ओझलमा पर्दै गएँ । टिमस्प्रीट महŒवपूर्ण कडी बन्न पुग्यो । जसका कारणले उनीहरुको अभियान शक्तिशाली बन्दै गयो । समाज परिवर्तन केन्द्र्रित लक्ष्यमा उनीहरुले सफलता प्राप्त गर्दै गए । समाज परिवर्तनको पृष्ठभूमिलाई हेर्दा प्रेरित गर्ने तत्वका रुपमा निम्न पक्षले मुख्य भूमिका खेलेको थियो ।
उनीहरुले सामाजिक सञ्जालमा प्रशिद्ध भारतीय अरबपति रतन टाटाको अन्तरवार्ता भेटे । रतन टाटाले अन्तरवार्ताको सन्दर्भमा दिएको जवाफको प्रसङगलाई छलफलमा ल्याए । रतन टाटालाई रेडियो प्रस्तोताबाट प्रश्न गरिएकको थियो, ‘जीवनमा सबैभन्दा खुशीको क्षण कुन थियो अर्थात् जीवनमा सबैभन्दा खुशी पाउँदा के सम्झनुहुन्छ ?’ टाटाले आफ्नो जवाफमा जीवनमा खुशी ल्याउन गरिएका प्रयासलाई चार वटा चरणमा क्रमशः प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनको खुशी धनसम्पत्ति कमाउनुमा थियो । कमाए तर त्यसले चाहे जस्तो खुशीको अनुभव भएन । दोस्रोचरणको खुशीका लागि आफूलाई मन परेका महँगा र बहुमूल्य वस्तु जोड्नु थियो । वस्तु जोडे पनि । तर त्यसले पनि उनीमा खुशीको चमक आएन । यसपछि तेस्रो चरणको खुशीका लागि ठूला परियोजना रोजे । त्यो पनि भारत र अफ्रिकाका बीचमा डिजेल सप्लार्यस गर्नदेखि एसियाभित्रकै ठूलो स्टिल कारखानाको परियोजना पाए । तर, यहाँ पनि सोचे जस्तो खुशी पाएनन् ।
अन्तिम चौथो चरणमा उनको एउटा साथीले उनलाई शारीरिक अपाङ्गहरुको माझमा पु¥याए । साथीले उनीहरुका लागि ह्वीलचियर किन्न लगाए । टाटाले अपाङ्गका लागि ह्वीलचियर किनि दिए । त्यसपछि यी ह्वीलचियर आफ्नै हातले वितरण गर्ने सल्लाह साथीले दिए । साथीले भने जस्तै उनले आफ्नै हातले ह्वीलचियर वितरण गरे । ह्वीलचियर पाएपछि ती अपाङ्गहरुको अनुहारमा एकाएक खुशी छाएको उनले देखे । उनीहरुको अनुहारमा चमक आएको देखे । उनी त्यसबेला अझ बढी प्रभावित भए । जुनबेला ह्वीलचियर पाउने मध्येकोे एउटा बालकले ह्वीलचेयरमै उनकोे छेउमा आएर उनकोे पाउ छोयो । अनि एकोहोरो उनको अनुहारमा हेरिरह्यो । त्यसपछि टाटाले सोधे– ‘बाबु तिमीलाई अरु के चाहिन्छ ?’ बालकले भन्यो– ‘होइन मलाइ अब केही पनि चाहिँदैन । म तपाईको अनुहारलाई सम्झन चाहन्छु । ताकी पछि मैले तपाईलाई स्वर्गमा भेटे भने सजिलै चिन्न सकौ र फेरि एक पटक त्यहाँ पनि धन्यवाद दिन सकु ।’
ती बालकको भनाइ र उनीमा भएको विश्वास, अनुहारमा देखिएको चमक र भनाइले उनकोे जीवनमा सबैभन्दा खुशीको क्षण रहनपुग्यो । ‘यही खुशीको क्षणलाई म सम्झन चाहान्छु’ भनेर टाटाले रेडियो प्रस्तोताको प्रश्नको जवाफमा भनेका थिए । यो नै सामाजिक अभियानको एउटा कडी बन्न पुग्यो । यसबाट सामजिक अभियन्ताले आफूभन्दा पनि समाजमा अरुलाई बाँच्न प्रेरित गर्नुपर्दो रहेछ । अरुका लागि भए पनि सामाजिक अभियन्ता बाँच्नु पर्दोरहेछ । यही निष्कर्ष सम्भावना र उनको समूहले निकाल्यो । यही सिद्धान्त उनीहरुका लागि मूलमन्त्र बन्न पुग्यो । उनीहरुको रोजाइको पहिलो क्षेत्र सामाजिक अभियान नै बन्यो । उनीहरुले सामाजिक अभियानका लागि अन्य प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकाले ।
समाज परिवर्तनको रुपरेखा भनेको सामाजिक अभियान नै हो । यसका लागि उनीहरु छलफलमा जुटे । छलफलकै सन्दर्भमा उनीहरुले फेसबुकका मार्क जुर्करवर्गको अवधारणलाई अघि सारे । फेसबुकका मार्क जुर्कवर्गले भनेका थिए– ‘यदि तपाई संसार बदल्न चाहनुहुन्छ भने तपाईले गर्नुपर्ने सबैभन्दा उत्तम काम भनेको कम्पनि खोल्नु हो ।’ यो भनाइले समाज परिवर्तनको अभियान चलाउन पनि कम्पनी खोल्नुपर्ने रहेछ । कम्पनि खोल्नु आवश्यक र महŒवपूर्ण रहेछ भन्ने कुरा उनीहरुले ठहर गरे । कारण संस्था वा कम्पनि खोल्नु भनेको ताकतको निर्माण गर्नु हो । उनीहरुलाई विश्वास थियो । सस्ंथामा ताकत हुन्छ । शक्ति हुन्छ । यो कार्यका लागि उनीहरु विधान समेत तयार गरे । त्यसपछि सम्बन्धित निकायमा गएर गैरसरकारी संस्थाका रुपमा ‘समाज परिवर्तनका लागि अभियान’ ९ऋबmउबष्नल ायच कयअष्ब िऋजबलनभ० नामक संस्था दर्ता गरे । जसले उनीहरुलाई कानूनी रुपमा कामगर्न थप बल मिल्यो । मार्क जर्करवर्गले भने जस्तै कम्पनि दर्ता भयो । अब यसलाई कसरी र कुन रुपमा परिचालन गर्ने भन्ने विषयवस्तु छलफलको क्रममा उठयो । यसका लागि पनि उनीहरुले मोगेन स्टलनीको विज्ञापन सम्बन्धी अवधारणाअघि सारे ।
मोगेन स्टेलनीले आप्mनो धारणा विज्ञापनमार्फत प्रस्तुथ गरेका थिए । जो यसप्रकार थियो– ‘पुँजी जम्मा गरौं, जसले संसार परिवर्तन गर्ने चिज निर्माण गर्छ’ समाज परिवर्तन गर्न पुँजी चाहिने रहेछ । समाजभित्रका भौतिक पक्षमा परिवर्तन गर्न पनि पुँजी नै जम्मा गर्नुपर्ने रहेछ । यही निष्कर्ष सम्भावनाको समूहले निकाल्यो । भौतिक परिवर्तनपश्चात मात्र समाजको रुपान्तरण गर्न सहज हुने रहेछ । यही निष्कर्षका आधारमा पुँजी कसरी जम्मा गर्ने भन्ने प्रश्न उनीहरुको सामनेमा उठ्यो ।
पुँजी जम्मा गर्ने यसमा दुईमत रहेन । तर, सचेत रहनुपर्ने थियो । यसका लागि उनीहरु बडो होसियारी र सजगताका साथ अगाडि बढ्ने आधार तयार गर्छन् । उनीहरुले बादलले भने झैँ पुँजीवादीहरु सम्पत्ति थुपार्छन् । बाड्ने पनि गर्छन् । तर, व्यवस्था र परम्परा भने त्यही नै राख्न चाहन्छन् । जसले उनीहरुलाई आप्mनो पुँजी कार्यान्वयन गर्न सहज हुन्छ । यही कुरालाई आत्मसात गरेको अवस्थामा समाज परिवर्तनको अभियानमा बाधा अडचन आउनसक्छ । पुँजीवादीहरुले आफ्नो दयालु पनलाई पनि नाफाको एउटा हिस्साका रुपमा लिने गर्दछन् । पुँजीपति भनेका सेवामुखी होइनन् । नाफामुखी मात्र हुन । यसकारण पनि हामीले कम्पनी खोल्दा नाफामुखीभन्दा पनि सेवामुखीका रुपमा खोल्नु पर्दछ । दानवीर भएर राज्यको स्रोतलाई कब्जामा पार्नेभन्दा पनि सेवामुखी भएर आफ्नो स्रोतलाई परिचालन गर्नु पर्दछ । यिनै कुराका आधारमा समाज परिवर्तनका लागि उनीहरुले कार्य योजना बनाउने निष्कर्ष निकाले । जसले समाजमा आफ्ना लागि भन्दा पनि अरुका लागि बाँच्न सकियोस् भन्ने अवधाराणलाई व्यवहारमा उतार्न सकियोस् ।
शुरुमा घर दैलो कार्यक्रमबाट समुदायका निरपेक्ष तथा गरिबीको रेखामुनी रहेका मानिसलाई जागरण गर्ने अभियान चलाइयो । पेशाका आधारमा समूगत एकीकृत गर्ने कार्यनीति अपनाइयो । समूगतरुपमा आयआर्जनका सीपको विकास र साक्षर बनाउने अभियान चलाइयो । यसपछि अधारभूत स्वास्थ्यको सुरक्षा र संरक्षण साथै सफाइका क्षेत्रका आधारभूत धारणा स्पष्ट पार्दै गए । सामाजिक कुरिती, कुसंस्कार र अन्धविश्वासका धड्कनहरुमा चेतनाकरण गर्न थालियो । परिवर्तित समाजको समयानुकूल विकास गर्न उनीहरुले हतार पनि गरेनन् । जर्बजस्ती पनि गरेनन् । समाजमा बिस्तारै प्रभाव छाड्दै गए । यसका लागि सहयोग पु¥याउने कार्यमा उनका समकालीन साथीहरुमा पूर्णिमा, संदीप, प्रेम, प्रमिला, सुमन, यमन, योगेश, योगिता, अनिल, अनिता, भुवन र भवानी पनि थिए । सबैको एउटै लक्ष्य र एउटै अभियान थियो । त्यो थियो, समाजलाई सुसूचित गर्दै दीगो रुपमा परिवर्तन गर्ने । यसमा उनीहरु दत्तचित्त भएर लागे ।
उनीहरु आफूले पनि बुझ्दै गए । आजको दिनमा मुलुकमा निर्माण भएका कानूनी पक्षका रुपलाई हेर्दा समाजमा त्यस्ता कुनै पनि पक्ष छैनन् । जहाँ कानूनको आँखा नपरेको होस् । निर्मित कानूनका पक्षहरुमा विशेष गरी भौतिक पक्षसँग सम्बन्धित छन् । मानौ ती सिद्धान्त मात्र हुन् । सिद्धान्त भन्ना साथ नियममात्र हुन । व्यवहारिक पक्षका अलग्गै पाटा छन् । जसलाई राज्य हाँक्ने वर्गले आत्मसात गर्नु पर्दैन । दायित्व पनि लिनु पर्दैन । कतिपय कानूनका सिद्धान्त निर्मम र कठोर रुपमा प्रहार गर्नुपर्ने हुन्छ । तर, जति हुनु पर्दथ्यो त्यति राज्यले गर्न सकेका छैनन् । फलस्वरुप आज समाजका अभिभाज्य वर्गले कानून हातमा लिएका छन् । ताकी उनीहरुलाई कानूनले ग्रहण गर्नुपर्दैन र कानूनलार्ई उनीहरुले पनि ग्रहण गर्नु पर्दैन ।
आज पनि समाजमा जीवितै रहेका कुसंस्कार र विकृतिहरु अतितसँग सम्बन्धित छन् । जो अदृष्य शक्तिका रुपमा पनि रहेका छन् । जसलाई देख्न पनि सकिँदैन । छुनछाम्न पनि सकिँदैन । जसका कारणले समाजमा फैलिएका यी विकृत रुपी संस्कारलाई सहजै परिवर्तन गर्न सकिँदैन । यसअर्थमा युगौंयुग देखिको संस्कृतिकै अङ्गका रुपमा विकास भएका सामाजिक विभेद अन्त्य गर्ने कुरा सम्भावना र उनको समूहका लागि त्यति सहज, सरल र सजिला थिएनन् । बरु चुनौतिका रुपमा थिए । महिला मुक्तिका कुरा, छुवाछुतका कुरा, उत्पीडित बर्गका कुरा जसलाई जरैदेखि उखेलेर फ्याक्ने कुरा त्यति सामान्य थिएन । अभियन्ताको नाताले उनीहरु अरुको दुःख देख्दथे । तर, उनीहरुको दुःख अरुले देख्दैन थिए ।
यसकारण उनीहरुले चाहँदाचाहँदै पनि सोचे जस्तै सजिलै फड्को मार्ने लक्षण थिएन । यसका लागि कठोर संघर्ष गर्नु पर्दथ्यो । त्यो पनि सम्भव भएन । अतः आफ्नो कार्यनीतिक योजनामा परिवर्तन ल्याउने प्रयास सम्भावनाको समूहले ग¥यो । यसका लागि सर्वप्रथम समाजभित्र जड्सूत्रका रुपमा रहेका वस्तुहरुको पहिचान गर्ने योजना अघि सारियो । यसपछि जुनसुकै तह र तप्काका बीचमा भएका विभेदका पक्षमा प्रभाव पार्ने तत्व खोजी गर्ने प्रयास गरियो । यी सब कुराको कारकतत्व वा मूल जरो भनेको त शिक्षा, स्वस्थ्य र गरिबी रहेछन् । यी तीन वटा तत्व नै समाजमा उत्पीडित वर्गको सिर्जना गर्ने, दलित, महिला तथा पिछडिएको वर्गमाथि घृणित व्यवहार गराउने मुख्यतत्व रहेछन् भन्ने निष्कर्ष उनीहरुले निकाले । अतः यिनै घृणित तत्वहरुलाई मानवता बिरोधी अपराधका रुपमा लिँदै सामाजिक अभियान्ताले आफ्ना लागि भन्दा पनि अरुका लागि बाँच्नु पर्ने रहेछ । अरुका लागि बाँच्ने अवधारणालाई आत्मसात उनीहरुले गरे । यही आत्मसातलाई प्रेरित गर्दै अभियान चलाउने निष्कर्ष सम्भावनाको समूहले निकाल्यो ।