प्रत्येक वर्ष लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै

0
13

झापा ।

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

काठमाडौंमा लागूऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो । रिकभरिङ नेपाल लागूऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रस्तुती दिइएको थियो ।

गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेका थिए । कूल लागूऔषध प्रत्येक वर्ष लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै
प्रयोगकर्तामध्ये ७ प्रतिशत महिलाप्रयोगकर्ता पाइएको बताइएको छ ।

प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताले सुईद्वारा लागूऔषध प्रयोग गरेको पाइएको तथ्यांक छ । सर्वेक्षणले नेपालमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र देखाएको छ ।

लागूऔषध प्रयोगकर्ताहरु दिन प्रतिदित बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए । उनले लागूऔषधको प्रयोगकर्ता, व्यापारी वा
क्राइमलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिए ।

उनले कुनैपनि लागूपदार्थ प्रयोगकर्ताले जीवनभर खान्छु र क्राइम गर्दछु भनेर सेवन नगर्ने भन्दै सामाजिक, मनोसामाजिक परिस्थितिबाट सेवन गर्ने गरेको बताए । उनले एउटा लागूऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पु¥यायो भन्ने हिसावले सरकारले सोच्न जरुरी रहेको बताए । उनले भने,–लागूऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर हेरिन्छ । कुनैपनि लागूपदार्थ प्रयोगकर्ता साथीहरुले जीवनभर खान्छु, म क्राइम गर्छु, म हार्म गर्छु भनेर कसैले प्रयोग गर्दैन ।

केही सर्टेन अवस्था हुन्छ, विभिन्न सामाजिक, घरको वातावरण, आफ्नो मनोसामाजिक चिन्ता विविध पक्ष छन् । एउटा लागूऔषध प्रयोगकर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पु¥यायो भनेर राज्यले कहिल्यै सोचेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here