फूलबारीमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५ फूलबारीस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।

अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोग र अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालको प्राविद्यिक सहयोगमा आयोजित उक्त शिविर वडामा रहेका महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको वडाध्यक्ष गीताराज खड्काले जानकारी दिए ।

शिविरमा विशेषज्ञसहितको सेवासँगै गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण, रगत तथा पिसाब परीक्षण, महिला स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री दुई थान बिपी सेट र दुई थान थर्मोमिटर वितरण गरिएको केन्द्रका प्रमुख रोशन बस्नेतले जानकारी दिए ।

अस्पतालका डाक्टरद्वय डा. दीपा बखती र डा. सन्तोषकुमार शाहले स्वास्थ्य परीक्षण गरेको शिविरमा ८० जना बढीले सेवा लिएको बताइएको छ । सोही कार्यक्रममा वडाको उत्कृष्ट महिला स्वयंसेवीका सम्मानबाट तारा सापकोटालाई सम्मानित गरिएको थियो ।

वडाध्यक्ष खड्काको अध्यक्षता र अस्पतालका डा.शाहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन केन्द्र प्रमुख बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here