पक्राउ परेका सूचनाको हकका अभियानकर्मीका बारेमा मानव अधिकार आयोगले अध्ययन गर्ने

0
6

काठमाडौँ,  राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताए ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्नुहुँदै कार्यवाहक अध्यक्ष ढुङ्गेलले सूचनाको अधिकार पनि मानव अधिकारकै अङ्ग भएको र यो हक संविधानमा मौलिक हकका रुपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताए ।
अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झूटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासङ्घका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउन महासङ्घका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here