एक्सेल बैंकद्वारा डस्टबिन वितरण

0
9

बिर्तामोड ।

एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग गर्न डस्टबिन वितरण गरेको छ ।

गौरादह नगरपालिका बैगुनधुरा बजार भित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रमका अतिथि बैगुनधुरा बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पोखरेल, बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सीताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए । साथै उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे ।

एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको जिम्मेवारी भएको बताए । उनले डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पु¥याउने उद्देश्यले डस्टबिन वितरण गरिएको बताए ।

कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा समेतको उपस्थिति रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पु¥याउन आह्वान गरे ।

डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइएको छ ।

कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here