मन्टेश्वरी तालिम

0
22

बुट्टाबारी ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा सात दिने मन्टेश्वरी तालिम सञ्चालन गरेको छ ।

नगरपालिकसको सर्सत अनुदानमा असार १४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा नगरका ५१ जना बाल विकास शिक्षकमध्ये आवेदन दिएका २५ जना बाल शिक्षकहरु उत्साहका साथ सहभागी भएको कार्यक्रमका अध्यक्ष एवम् शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए ।

विद्यालयको मेरुदण्ड भने कै बाल कक्षा वा नर्सरी कक्षाका बालबालिका नै हुन् यहाँबाट नै विद्यालय र विद्यार्थीको भविष्य जोडिएको हुन्छ । उनीहरुलाई खेलबाटै विभिन्न बिषय सिकाइ हुने पाँच–छ घण्टा विद्यालयमा रहने हँुदा सुताउने, उठाउने, नचाउने, गाउनेदेखि उनीहरुको सम्पूर्ण रेखदेख गर्ने जस्तो आमाको समेत भूमिका रहने हुन्छ ।

त्यसैले यस तालिमबाट अझ सिकेर सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण शिक्षण कार्यको विकास होस् भन्दै प्रमुख अतिथि अर्जुनधारा नगर उपप्रमुख खडगमाया पराजुलीले तालिमको सफलता शुभकामना दिइन् ।

सात दिनसम्म सञ्चालन हुने तालिमको सहजकर्ताको रुपमा अग्र्यानिक एजुकेशन फाउन्डेशन नेपालका प्रमुख, शिक्षा अभियन्ता अर्जुन भट्ट र कमला देवकोटा रहेका छन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, सचिव टंक न्यौपाने, नेपाल शिक्षक संघ अर्जुनधाराकी सुजाता शिवाकोटी, नेपाल कर्मचारी परिषद अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद पौडेल लगायतले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत शिक्षा अधिकृत सुनिता भट्टराईले गरेकी थिइन् भने सहजीकरण प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here