अर्जुनको म्युजिक भिडियो सार्वजनिक

0
20

बिर्तामोड ।

डाइनामिक ग्रुपको आयोजना र जिनियस मिडियाको सहकार्यमा बिर्तामोडमा गायक अर्जुन खरेलको नयाँ म्युजिक भिडियो ‘दुई चुल्ठी केश’सार्बजनिक भएकोछ ।

ग्रुपकी अध्यक्ष खगेन्द्रा खुशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गीतकार शिवशंकर थापाले प्रोजेक्टर अन गरी भिडियोको शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, साहित्यकार पुण्यप्रसाद खरेल, भवानी क्षेत्री र गायक खरेलले भिडियोमाथि टिप्पणी गरेका थिए ।

गजलकार बिवस बलिभद्र कोइरालालको गजल वाचन रहेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रमणि पौडेलले गरेका थिए भने उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेकी थिइन् । कार्यक्रमको दोश्रो सत्रमा भएको साधारणसभामा अर्जुन खरेलको अध्यक्षतामा ग्रुपको नयाँ कार्य समिति चयन गरिएको थियो ।

भवानी क्षेत्री, रश्मिशेखर सुवेदी र केशव भट्टराईको निर्वाचन समितिले सर्वसम्मत नाम घोषणा गरेको थियो । समितिको उपाध्यक्षमा गीता सुवेदी नेपाल, सचिव चन्द्रमणि पौडेल, कोषाध्यक्ष निरज पोखरेल, सहसचिव कल्पना भट्टराई र सदस्यहरुमा उमेश पाण्डे, सिम्रन आचार्य, पिताम्बर अधिकारी, अञ्जली भट्टराई र अनिता पौडेल रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here