खोलामा डुबेर एक बालकको मृत्यु

0
26

झापा ।

झापाको मेचीनगरस्थित फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए ।

कानुनी प्रक्रिया पुरा गरी बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here