असार मसान्त नामको असुली आतंक रोक्न नेकपा झापाको चेतावनी

0
26

झापा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजीवि जनतालाई हदै सम्मको दुःख दिन थालेको भन्दै विप्लव माओवादीले आज कडा चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिव संजय सी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘देश आर्थिक रुपमा गम्भिर संकटमा फसेको, राज्य स्वयमले पूजींगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरी गरेको हर्कतको बिरोध गर्दछौं।’

उद्योगी ब्यवसायीहरुलाई अनावश्यक दुःख नदिन चेतावनी दिइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here