महिला सुरक्षा दवाव समूहको कार्यालय स्थापना

0
19

बिर्तामोड।

बिर्तामोडमा महिला सुरक्षा दवाव समूह नेपाल झापाको कार्याल्य (सचिवालय) स्थापना गरिएको छ । अन्यायमा परेका महिलाहरुलाई न्याय दिलाउँदै सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले कार्य गर्दै आएको समूहले शुक्रवार झापा शाखाको बिर्तामोडमा कार्यालय स्थापना गरेको हो ।

बर्षौदेखि महिलामाथि हुने असुरक्षाको वकालत गर्दै आएको समूहले अझ सशक्त रुपमा कार्य गर्ने लक्ष्यका साथ बिर्तामोडमा कार्यालय सञ्चालन गरेको छ । शारदा रिजालको अध्यक्षतामा रहेको नौ सदस्यीय समितिको उपाध्यक्षमा लीला मैनाली, महासचिवमा नैनाकला भट्टराई, सचिवमा कञ्चना सिटौला, सरु भुर्तेल खनाल र कोषाध्यक्षमा शान्ता रोक्का रहेका छन् ।

त्यस्तै सदस्यमा कमला भट्टराई, बीना तामाङ र लक्ष्मी नेपाली रहेका छन् । सोही अवसरमा सर्बोच्चो शिखर सगरमाथा बेश क्याम्प, मानसरोवर अर्थात कैलास पर्वतलयातको यात्रा सफलता पूर्वक पूरा गर्ने मीरा कार्की खड्कालाई एक साहसी महिलाको रुपमा प्रशंसा पत्रले सम्मानसमेत गरिएको थियो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले कार्की खड्कालाई प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए ।

स्वागत उपाध्यक्ष लीला मैनालीले गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, सम्मानित ब्यक्तित्व खड्का, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष तिलोतमा खत्रीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन समूहकी महासचिव भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here