सर्बियामा बन्धक बनाइएका झापाका दुई राजवंशी छुटे

0
11

बिर्तामोड ।

बैदेशिक रोजगारीका लागि सर्बिया पुगेका झापाका दुई युवा छुटेका छन् । बन्धक बनाएका बिर्तामोड–२का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी छुटेको पारिवारीका स्रोतले जनाएको छ ।

मध्य–दक्षिण–पूर्वी युरोपमा पर्ने सर्बियाको जंगलमा बन्धक बनाइएका उनीहरुका छुटेको आफन्तले बताएका छन् । सर्बियामा बन्धक बनाइएको खबर पाएपछि परिवारले उद्धारका लागि आग्रह गरेका थिए ।

उनीहरु मेचीनगर इँटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका पति नरेश राजवंशी रोमानियामा छन् । उनीमार्फत राजवंशीद्वय गएको बताइएको छ ।

बन्धक बनाएका उनीहरु आाज बिहानै छुटेको बताइएको छ । घटनाको विस्तृत विवरण आइनसकेपनि उनीहरु छुटेर परिवारको सम्पर्कमा आइसकेको बताइएको छ । आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति बैशाखको पहिलो साता विदेश गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here