सशस्त्र प्रहरीको हेलमेट प्रहारबाट स्थानीय घाइते

0
72

बिर्तामोड

सशस्त्र प्रहरीको हेलमेट प्रहारबाट झापा गाउँपालिकामा एक व्यक्ति घाइते भएका छन् ।

हेल्मेट प्रहारबाट झापा –४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आइतवार दिउँसो पन्थापाडा र सुकुमबासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।

झापा –४ का वडा अध्यक्ष मोहमद ताहिरकै अगाडि उनले हेल्मेट प्रहार गरेका बताइएको छ । वडा अध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए ।

मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बिल मागेपछि वडा अध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बिल देखाए पनि प्रहरीले मानेनन् । बरु उल्टै वडा अध्यक्ष ताहिरलाई ‘तिमी को हो, समान छोड् देऊ’ भन्ने भन्दै हप्काउन खोजेको बताए ।

त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरुप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेल्मेट प्रहार भएको वडा अध्यक्ष ताहिरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here