कृषक बस्नेतलाई उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार

0
2

बिर्तामोड ।

झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ ।

वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा –३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान गरेको हो । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच एग्री सेन्टर झापाका सञ्चालक बस्नेतलाई नगद एक लाख ५० रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरिएको हो ।

बस्नेतलाई श्रममन्त्री डोलप्रसाद अर्याल, सचिव घनश्याम उपाध्यायलगायतले नगद र सम्मानपत्र प्रदान गरका थिए । बस्नेत यसअघि युथ एग्री अवार्ड २०७९ बाट नगद एक लाखसहित सम्मानित भएका थिए ।

२०७४÷०७५ मा साना किसान विकास लघुवित्त वित्तीय संस्था र इजरायल सरकारबीच भएको सम्झौताअनुसार ‘लर्न एन्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रम अन्तर्गत टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थाबाट तालिम लिएर आएका उनले २०७६ सालमा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेती शुरु गरेका छन् ।

इजरायलबाट फर्किनासाथ १० कठ्ठा धान खेत मासेर एक हजार केराका बोट रोपेका उनले अहिले २५ बिगाहमा खेती गरेका छन् । केरा खेतीका लागि उनले थोरै जग्गा आफ्नो र धेरै भाडामा लिएका छन् । उनको केरा खेतीमा वर्षमा लगभग ५० हजार घरी केरा उत्पादन हुन्छ । यसै वर्षदेखि थप २० बिगाहमा खेती बिस्तार गर्न लागेको बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here