चार लाख बिरुवा वितरण गरिने

0
12

जलेश्वर,

डिभिजन वन कार्यालय महोत्तरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ ।

डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताउनुभयो ।

प्रमुख झाका अनुसार कार्यालयले यसवर्ष २० देखि २२ प्रजातिका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । इच्छुक सेवाग्राहीका लागि यसवर्ष साल, टिक, मलेसियन साल, सतिसाल, अमला, अर्जुन, पारिजात, सहिजन, अम्बा, राजवृक्ष, मोहवनी, कटहर, सनी, बडहर, सनि कटिङ्ग, डाले घाँस, मेवा, कागती, खयर, जामुन, मसलालगायतका बिरुवा उत्पादन गरेको नर्सरी स्याहारकर्ता सुकेश्वर यादवले बताउनुभयो ।

उहाँले यस वर्ष अन्य वर्षभन्दा धेरै बिरुवा उत्पादन गरिएको र किसानले आवश्यकताअनुसार बिरुवा लैजान पाउने बताउनुभयो । डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो सङ्ख्यामा बिरुवा वितरण गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here