कोशीकै लामो झोलुङ्गे पुलको शर्माले गरे शिलान्यास

0
25

रश्मिशेखर सुवेदी,
बुद्धशान्ति।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ लाई जोड्ने कोशी प्रदेशकै लामो झोलुङ्गे पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले टिमाई नदीमाथि बन्ने ४७६ मीटर लामो उक्त झोलुङ्गे पुलको सोमवार शिलान्यास गरेका हुन् ।

पाँच करोड रुपैयाको लागतमा निर्माण सम्पन्न हुने सो आयोजनाको लक्ष्य २०८२ बैशाखमा पूरा हुने जनाइएको छ । कोशी प्रदेशको सबै भन्दा लामो र अग्लो हुने यो झोलुङ्गे पुल नेपालको तेस्रो ठूलो हुनेछ ।

झोलुङ्गे पुल र बन्जी जम्पको जिल्ला भनेर चिनिने पर्वत र बाग्लुङ जोड्ने झोलुङ्गे पुल एशियाकै अग्लो र लामो पुलको रुपमा रहेको छ । यो आयोजना सम्पन्न हुँदा झापाको कश्मीर उपनामले चिनिने शान्तिनगरको ‘पर्यटन हव’ बन्ने सपना, विपनामा परिणत हुने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here