खड्काद्वारा पशुपतिका १४ विद्यार्थीको अभिभावकत्व ग्रहण

0
29

बिर्तामोड ।

नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीस्थित आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

कतारमा फूलको व्यावसाय गर्दै आएका खड्काले लीलामाया खड्का आदर्श फाउन्डेसनमार्फत राजगढमा रहेको पशुपति माविमा अध्ययनरत् १४ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खड्काको परिवारले १४ जना विद्यार्थीलाई कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने गरी अभिभावकत्व लिएको विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले जानकारी दिए ।

खड्काले कक्षा १ देखि ८ सम्म पढ्ने दलित, आदिवासी, सीमान्तकृत तथा विपन्न विद्यार्थीको अध्ययनमा सहयोग गर्नेछन् । उनले ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here