मोहनमायालाई ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड ’

0
1020

झापा । मोहनमाया माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विद्यालय हो । ‘एसइइ’को नतिजाका आधारमा होस् या ‘प्लस टु’ को नतिजाका आधारमा नै किन नहोस् सामुदायिक विद्यालय तर्फ मोहनमाया देशकै उत्कृष्ट विद्यालयको सूचिमा छ ।
राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट ठह¥याएका देशभरका १४ वटा सामुदायिक विद्यालयको सूचिमा मोहनमाया माध्यमिक विद्यालय परेको छ । जसका आधारमा मोहनमाया माध्यमिक विद्यालयलाई ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको छ । यो अवर्ड केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करण अन्तरगत प्रदान गरिएको हो ।
अवार्ड विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठलाई प्रदान गरियो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच मोहनमायालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कोशी प्रदेशमा सामुदायिक विद्यालय तर्फ ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ प्राप्त गर्ने दुई वटा विद्यालय रहेका छन् । जसमध्ये मोरङको पोखरिया मावि समेत रहेको छ । त्यस्तै शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरुलाई समेत ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको थियो ।
नेपालको समग्र शिक्षा क्षेत्र उकास्न निजी क्षेत्रको पनि महत्वपूर्ण योगदान छ रहेको भन्दै केन्द्र विन्दुले ३१ वटा निजी विद्यालयलाई अवार्ड प्रदान गरेको हो ।
सामुदायिक विद्यालय तर्फ मोहनमाया सहित मोरङको पोखरिया मावि सहित शंकरगुद्धार माध्यमिक विद्यालय, श्री मावि, विश्व निकेतन मावि, बज्रबाराही मावि, अमरसिंह माध्यमिक विद्यालय, बालमन्दिर विद्यालय, बीपी कोइराला मावि, कालिका मानविज्ञान मावि, त्रिभुवन जनता मावि, जनता माध्यमिक विद्यालय, सेटीगाउँ मावि र लटिनाथ मावि रहेका छन् ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी बढ्दो छ । देशका विभिन्न विद्यालय मध्ये केही विद्यालय यस्ता छन्, जसको पठनपाठनको कार्य नै नमूना छ । परिणाम स्वरुप उक्त विद्यालयहरू उत्कृष्ट मात्र हैन अब्बल पनि छन् । उक्त सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीले एनईबीमा ल्याएको उत्कृष्ट नतिजा, पठनपाठनमा तरिका आदि सबै विषयलाई समेटेर १४ वटा सामुदायिक विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको थियो ।
कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८१’ बाट चाँदनी जोशी सम्मानित भएकी छन् । योसंगै शिक्षा क्षेत्रमा योगदान गरिरहेका ५ जना विशिष्ट शिक्षासेवीहरु ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । जसमा सावित्री टण्डन, सूर्य कार्की, प्रा.डा.श्रीराम भगत माथे र सुप्रभात भण्डारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here