बसले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते

0
122

योगेन्द्र योगी,
मोरङ ।

मोरङको सुन्दरहरैचामा बसको ठक्करबाट एक ब्यक्ति गम्भिर घाइते भएका छन् ।

सुन्दरहरैचा नगरपालिका ७ स्थित ठडिया चोकमा शनिबार बिहान बसले स्कुटरलाई ठक्कर दिँँदा स्कुटर चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भिर घाईते भएको प्रहरी चौकी गछियाकी सहायक हल्वादर टिका बिष्टले जानकारी दिइन्।

सहायक हल्वादर बिष्टका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बसले पश्चिमबाट पूर्व आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा चालक राई गम्भिर घाइते भएको र उनलाई उपचारको बिराटनगरस्थित नोबेल अस्पताल पठाईएको छ ।

घटना लगत्तै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here