बुँईख्याचा

0
55

रमेश पानी पोख्रेल,

आफ्नो बाली–नाली मासेर हैरान पारेपछी गाउँले सबै बसेर बाँदर र चरा धपाउने बिषयमा घनिघुत छलफल भयो । छलफलबाट एउटा आईडिया फु¥यो ।
एउटाले थोत्रे पेन्ट ल्यायो अर्कोले कालोरँगको ज्याकेट ल्यायो बाँसको भाटाको शरिर बनाए । अजङ्गको देखाएर बाँदर धपाउन माटाको हन्डीमा नाकमुख आँखा बनाएर टाउको लगाइदिए र बारीकोबीचमा राखी दिएः बुँईख्याचा ।

मान्छेहरु सबै पालै पालो बुँईख्याचाको छेउमा आएर टिन ठटाउँदै कराउन थाले । अच्म्म भयो बुँईख्याचा राखेपछि बाँदर र चराको नामो निसान हरायो । गाँउलेहरुले बनाएको कृत्रिम आकृतिले मान्छेले भन्दा ठूलो काम गरो । चौबिसै घण्टा बारी रुँगेर बसो । बाँदर चरा केहिले नखाई चोखो बाली भित्र्याउन पाएपछि सबै खुशी भएर आनन्दको सास फेरे। गाँउ भरि बुँईख्याचाको महिमा गान भयो । अरु–अरु टोलका मान्छेले पनि त्यसको सिको गरे ।

सबैले बुँईख्याचाको माया गरे त्यो कृत्रिम मान्छे साँच्चिकै मान्छे भन्दा दरो भयो । मान्छेले त्यसको आकृति मात्रै बनाएन्न टिन, थाल ठटाएर आवाज दिए । सँधै छेउमा बसेर माया, ममता स्नेह दिएर प्राण दिए । अब बुँईख्याचा एक्लै बाली–नाली रुँङ्न सक्ने भयो भन्ने बिश्वासले मान्छेहरुको आउजाउ पातलो भयो । क्रमशः मान्छेहरु कम–कम हँुदै आउनै छोडे । त्यही मौका छोपेर फेरि बाँदरहरु बुँईख्याचाको छेउमा जानथाले जिस्क्याउन थाले, छेउमा गएर कोट्याउन थाले । एक दिन दुई दिन हुँदै बिस्तारै बुँईख्याचामा बाँदरकै प्राण सरो । मान्छे चिन्नै छाड्यो । सबै बाली मेरो हो भन्न थाल्यो । बुँईख्याचाकै टाउकामा बसेर बाँदरहरु मकै खान थाले ।

गाँउलेहरु फेरि बेचेन भए । त्यस्तो बुँईख्याचा कसरी यस्तो भयो । चर्चा परिचर्चा गर्न थाले । बल्ल उनीहरुलाई ज्ञान भयो बुँईख्याचाले बाली रुँगे पनि मान्छेले उस्लाई रुङ्नु पर्ने रहेछ । कसैलाई पनि आँखा चिम्लिएर बिश्वास गर्नु हुँदैन रहेछ ।

(बुँईख्याचाः बारीमा चरा धपाउन थोत्रे लुगाबाट बनाएको मान्छे जस्तै देखिने बस्तु)

कनकाई–१, झापा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here