शैक्षिक गन्तब्य बनेको आयरल्याण्डका विषयमा झापामा प्रशिक्षण

0
82

बिर्तामोड ।

नेपाली विद्यार्थीहरुका लागि शैक्षिक गन्तब्यको रुपमा रहेको आयरल्याण्डका विषयमा नेपाल शैक्षिक पराशर्म संघ इक्यान झापामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इक्यान झापाको आयोजनामा भएको कार्यक्रममा आयरल्याण्डको आइबाड इन्स्टियुट अफ बिजिनेश एण्ड टेक्नोलोजीका विज्नेस डेभलपमेन्ट एक्जुकेटीभ आसना श्रेष्ठाले प्रशिक्षण दिएकी थिइन् । इन्फरमेशन सेसन अन्तरगत आयरल्याण्डको विषयमा श्रेष्ठले इक्यान झापामा आवद्ध रहेका कन्सल्टेन्सीका सञ्चालक तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिएकी थिइन् ।

उनले आयरल्याण्डको शैक्षिक अवस्था, नेपाली विद्यार्थीले अप्नाउनु पर्ने प्रक्रिया, कानुनी विषयको जानकारीका साथै त्यहाँ रहेका विश्वविद्यालयको बारेमा जानकारी गराएकी थिइन् । इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले शैक्षिक परामर्शका क्रममा विद्यार्थीलाई दिइनुपर्ने जानकारीका बारेमा जिज्ञासा राखेका थिए ।

आयरल्याण्ड लगायतका विभिन्न देशको शैक्षिक अवस्थाका विषयमा सम्बन्धित देशकै शैक्षिक क्षेत्रमा आवद्ध ब्यक्तिहरुलाई झापामा ल्याएर प्रशिक्षण तथा जानकारी मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको इक्यान झापाका अध्यक्ष सुवेदीको भनाई छ । झापासहित पूर्वका विद्यार्थीले अब कुनै पनि देशको शैक्षिक अवस्थाका विषयामा शैक्षिक परामर्श लिनका लागि काठमाण्डौं जानु नपर्ने अध्यक्ष सुवेदीले बताए ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)हरुलाई विभिन्न समयमा शैक्षिक गन्तब्यका रुपमा रहेका देशहरुको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउने उद्धेश्यले इक्यान झापाले कार्यक्रमहरु नियमित रुपमा गरिरहेको अध्यक्ष सुवेदीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here