विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

0
47

झापा,

२११ औं भानु जयन्तीको अवसरमा नेपाल मानव धर्म सेवा समिति, मेचीले शनिबार विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

झापाका १५ वटा विद्यालय सहभागी प्रतियोगितामा आधारभुत तहतर्फ सोमिका उप्रेती धुलाबारी मावि प्रथम, रोजा खड्का लिभिङ फाउन्डेशन द्वितिय, तेजकुमारी अधिकारी काँकरभिट्टा मावि तृतिय भइन् भने बौद्धमोड अंग्रेजी विद्यालयकी आयुष्मा निरौलाले सान्त्वना पुरस्कार हात पारिन् ।

त्यस्तै, माध्यमिक तहतर्फ इष्ट होराइजन माविकी वाणी सापकोटा प्रथम, आदर्श मावि धुलाबारीका विकास गौतम द्वितिय, एमरल्याण्ड एकेडेमीकी कमला पौडेल तृतीय भइन् भने धुलाबारी माविकी दिलिशा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

उक्त प्रतियोगिताको निर्णायक मण्डलको भूमिका दमक बहुमुखी क्याम्पसका प्राध्यापक डिल्ली भट्टराई, नेपाली लेखक संघ झापाका सचिव एवं समीक्षक समीरबाबु कट्टेल र लेखनाथ पुस्तकालय, चन्द्रगढीकी अध्यक्ष खगेन्द्रा खुसीले निर्वाह गरेका थिए ।

साहित्यकार विनोद खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकी सुवर्ण बाइजीले गरेकी थिइन् ।

मानव धर्म युवा संगठनका केन्द्रीय सदस्य रोशन घिमिरेले सन्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ राइले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here