आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने

0
2

त्रिवेणी (रुकुमपश्चिम),

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताउनुभएको छ ।

आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

सोेमबार राति आठबिसकोट–११ को सिमबजार र वडा नं १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पु¥याएको थियो । प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताउनुभयो ।

बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाउनुभयो । साथै घाइते भएकाहरुको उपचारमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।

सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण नौ जना घाइते भएका छन्भने दर्जनबढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here