सुनसरीमा कुटपिटबाट बालकको मृत्यु

0
7

मोरङ,

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बिकोको ६ बर्षीय छोरा अबि बिक रहेका छन । मंगलबार दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुरले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए ।

घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका बिर बहादुरको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here