ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन

0
1

फुङलिङ (ताप्लेजुङ),

ताप्लेजुङमा रु १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ७२ लाख १६ हजार सात सय ९३ राजस्व सङ्कलन भएको हो ।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार सङ्घतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कूल बजेट रु ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रहेको थियो । त्यसमा पुँजीगततर्फ रु २० करोड ९० लाख दुई हजार र चालुतर्फ रु ४२ करोड ९७ लाख ५१ हजार रहेको थियो ।

पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताउनुभयो । प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन् ।

सङ्घतर्फको बजेट रु चार अर्ब ९९ करोड ६३ लाख २३ हजार रहेको थियो । त्यसमा पुँजीगततर्फ रु ६० करोड ११ लाख ३० हजार र चालुतर्फ रु चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रहेको थियो । पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिनुभयो ।

सङ्घतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन् । जिल्लामा सङ्घ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here