जीपी फाउण्डेशन गठन

0
2

दमक।

झापाको दमकमा सम्पन्न कांग्रेस कार्यकर्ताको भेलाले गिरिजाप्रसाद कोईराला फाउण्डेशन गठन गरेको छ ।

गठित समितिको पदस्थापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा हरिप्रसाद अर्याल र शेखर ढकाल, सचिवमा विश्वबन्धु लिङ्गदेन र तेजप्रसाद आचार्य, सहसचिवमा मनिशा खत्री अधिकारी र चुडामणी भट्टराई, कोषाध्यक्षमा हेमकला न्यौपाने रहनुभएको छ ।

समितिका सदस्यहरुमा लता चापागाई, कमलप्रसाद बोहोरा, पुजन चौधरी, दिपेश भट्टराई, छबिलाल न्यौपाने, कमला बाँस्कोटा दाहाल, कुमार कट्टेल, ठाकुरहरी पोखरेल, फणिन्द्र गड्तौला, कबिता उप्रेती, हुमेश खतिवडा, अर्जुन शाहलाई मनोनयन गरिएको फाउण्डेशनले जनाएको छ ।

साथै फाउण्डेशनको सल्लाहकार समितिमा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला कार्यसमिति सचिब दयानन्द गोश्वामीको संयोजकत्वमा नेपाल किसान महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल भण्डारी र शिक्षाबिद् केशव भट्टराई सम्मिलित तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको फाउण्डेशन झापाले जनाएको छ ।

यसैबीच निर्वाचित समितिलाई पदस्थापन एवं विचार गोष्ठी सम्पन्न गरिएको छ ।  नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य एवं नेपाल लोकतन्त्रवादी आदिबासी/जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष विश्वदीप लिङ्देन, नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, कोशी प्रदेश सदस्य तथा महाधिबेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराई, गिरिजाप्रसाद कोईराला फाउण्डेशन सुनसरीका संयोजक केशव भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here