गुरुपूर्णिमाको अवसरमा बिर्तामोडमा अभिनन्दन

0
2

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

गुरुपूर्णिमा तथा व्यासजयन्तीको अवसरमा सनातन धर्म सेवा समिति झापाद्वारा कमल गाउँपालिका-३ निवासी आचार्य दुर्गाप्रसाद खतिवडालाई अभिनन्दन गरिएको छ।

संस्थाको ४१ औं अभिनन्दन समारोह २०८१ अन्तरगत बिर्तामोड-४स्थित सनातन धर्म सेवा समिति जिल्ला शाखाको सभाहलमा आयोजित कार्यक्रममा आचार्य खतिवडालाई सम्पूर्ण धर्म ग्रन्थको व्याख्या र प्रवचनको माध्यमबाट वैदिक सनातन धर्मको संरक्षण संवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो।

सनातन धर्म सेवा समिति झापाका कार्यवाहक सभापति पं.सोमनाथ सुबेदीको अध्यक्षता तथा शिक्षासेवी गणेशप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष दाताराम तिम्सिनाले गरेका थिए।

अभिनन्दित व्यक्तित्वको परिचय डा. पुण्यप्रसाद सिग्देलले र अभिनन्दन पत्र वाचन लक्ष्मीप्रसाद दंगालले गरेका थिए भने प्रमुख अतिथि खनाल, सभाध्यक्ष सुबेदीलगायतले सम्मान पत्र र दोसल्लाह ओडाएर अभिनन्दन गरिएको थियो।

अभिनन्दित व्यक्तित्व खतिवडा, प्रमुख अतिथि खनाल, गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य.डा. रुपक खनाल, जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेल, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलहारी, शिक्षासेवी जयनारायण ढुंगाना, मानव धर्म सेवा समितिका केन्द्रीय सदस्य अशोक सुब्बा, अभिनन्दित व्यक्तितब दामोदर पोखरेललगायतले शुमकामना मन्तव्य राखेका थिए।

ईश प्रार्थना र स्वस्ती वाचन सहित आरम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीप्रसाद दंगालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here