खोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु

0
2

विराटनगर ।

सुनसरी र मोरङको छुट्टा–छुट्टै स्थानमा खोलामा डुबेर दुई जना बाल बालिकाको मृत्यु भएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारको सात बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवको नौ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here