चोरीको मोटरसाईकलसहित पक्राउ

0
2

झापा।

झापाको अर्जुनधारा नगरपालिका–४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

असार ४ गते अर्जुनधारा–४ भाङबारीमा पार्किङ गरी राखेको मे ७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाईकल फेला पारेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here